Development of Jingle during COVID-19

The Covid-19 pandemic had created an impact and fear in the society for a long period of time. Nepal government also declared a complete lockdown. People were forced to stay inside their homes, this had led to increasing in cases of Gender-Based Violence (GBV). As women and girls felt unsafe and victimized by their own family members, close relatives and neighbours. To address these problems during the period of lockdown, CWAD developed a guideline on GBV and send it toward members of the municipality for prompt response to victim/survivors as a strategy. Similarly, developed a Jingle and broadcast from local Radio stations in between the programs, this helped to create an awareness to a large number of people staying at home to combat violence against women.

Lockdown का बेलामा लैङ्गिक हिंसाबारेमा सचेतनाको लागि रेडियो कार्यक्रम – जिङ्गल

स्वास्थ्य स्वंयमसेवीका ः हैन १घरमा को हुनुुहुन्छ !
माईलीभाउजु ः ए स्वयमसेवीका नानी, नमस्कार है नानी ! यस्तोLockdown को बेलामा के कतिकामले आउनु भयो कुन्नी ?स्वास्थ्य स्वंयमसेवीका ः भाउजु मैले मास्क लगाएर सामाजिक दुरी कायम गरी बेलाबेलामा साबुनपानीले हातधुने गर्छु । आखा, नाक र मुख हातले नछुने, खोक्दा र हाछ्यु गर्दा मुख र नाक पाखुराले छौप्ने गर्छु र एउटा महत्वपूर्ण कुरा भन्न पनि आएकीहुँ है भाउजु ।
माईलीभाउजु ः ओहो १ के कुरा हो भन्नुहोस न १
स्वास्थ्य स्वंयमसेवीका ः भाउजु Lockdown को बेलामा हुन सक्ने लैङ्गिक हिंसाका वारेमा जानकारी दिन आएकी छ्ु ।
माईलीभाउजु ःLockdown का बेलामा हुन सक्ने लैङ्गिक हिंसा भनेको चाही के हो नानी?

स्वास्थ्य स्वंयमसेवीका ः लैगिंक हिंसा भनेको घरपरिवारमा महिला तथा वालबालिका माथि हुने कुटपिट, यौनजन्य हिंसा, बलात्कार, बेश्याबृत्तिमा लगाउनु, बेचबिखन गर्नु लगायतका कार्यलाई भनिन्छ । यस्तो बेलामा घरमा बस्दा परिवारका कुनै व्यक्तिले घरेलु हिंसा गर्न सक्छन् । आफन्त, नातेदार, छरछिमेकबाट पनि हिंसा हुनसक्छ । हिंसाबाट बच्न र बचाउन कुन निकायमा कसरी जानकारी गराउने भन्ने बारेमा स्पष्ट पारिदिन्छु । ध्यानदिएर सुन्नुहोस है त भाउजु ।
Lockdown का बेलामा यदि हिंसा भएमा १०० नं. मा फोन गरेमा प्रहरीलाई, अनि राष्ट्रिय महिला आयोगको हेल्पलाईन नं ११४५मा घरैबाट फोन गरी आफु माथि भएको हिंसाको बारेमा सुचना दिन सकिन्छ । घर तथा टोलमा अनावाश्यक साथीभाई बोलाई तथा लागुपदार्थ सेवन गरी झै झगडा तथा कुटपिट गरेमा नजिकैको स्थानीय प्रहरी कार्यालय वा १०० नं मा फोन गरी प्रहरी लाई सुचना दिई तत्काल सेवा प्राप्त गर्न सकिन्छ ।

माईलीभाउजु ः नानीले धेरै काम लाग्ने जानकारी दिनुभयो । अब म पनि छरछिमेकमा यस्को बारेमा सबैलाई
जानकारी गराउनेछु है स्वंयमसेवीका नानी !

यदि तपाईहरुको घर समाजमाLockdown को बेलामा लैङ्गिक हिंसा भएमा
मोवाइल नं. ९८४१८३५९६२ र ९८४९८६४९४४मा फोन गरी सेवा लिन सक्नुहुनेछ ।
महिला जागरण तथा बिकास केन्द्र
धुम्बाराही, काठमाण्डौं
“हिंसा नगरौं, हिंसा सहेर पनि नबसौं”